साउन १४ पोखरा । नेपाल शिक्षक संघ पोखरा महानगरमा शर्मिला बरालको अध्यक्षतामा महिला विभाग गठन भएको छ ।
शनिबार पोखरामा आयोजित एक कार्यक्रमकाविच बरालको अध्यक्षतामा १८ सदस्यीय विभाग गठन गरिएको हो । विभागको उपाध्यक्षमा बन्दना खनाल, द्वितिय उपाध्यक्षमा शर्मिला आचार्यसहितको १८ सदस्यीय समिति सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा नवगठित महिला विभागका अध्यक्ष बरालले विभाग गठनको औचित्यमाथि प्रकाश पार्दै भावी कार्ययोजनाका बारेमा पारिन् ।
यसअघि नेपाल शिक्षक संघ पोखरा महानगरपालिकाले प्रशिक्षण कार्यक्रम गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र कुलदेवी बरालले प्रशिक्षण दिएका थिए ।
उनीहरुले महिला सशक्तीकरणमा सञ्चारको प्रभावकारीता तथा महिला विभाग गठनको औचित्यसम्बन्धी प्रस्तुती राखेका थिए ।
नेपाल शिक्षक संघका केन्द्रिय उपमहासचिव सिता थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, सरस्वती गुरुङ, नेपाल शिक्षक संघका केन्द्रिय उपमहासचिव सिता थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, सरस्वती गुरुङ, नेपाल शिक्षक संक गण्डकी प्रदेश अध्यक्ष शिरोमणी लामिछाने, जिल्ला अध्यक्ष राजु क्षेत्री, निवर्तमान अध्यक्ष रमेश भट्टराई, प्रदेश उपमहासचिव टिकादेवी भण्डारी, सचिव तारानाथ भण्डारी, निवर्तमान महानगर अध्यक्ष भोलानाथ पौडेल, पोखरा महानगर अध्यक्ष किरणबाबु न्यौपानेलगायतले बोलेका थिए ।
नेपाल शिक्षक संघ पोखरा महानगरपालिका उपाध्यक्ष (महिला) शर्मिला बरालको अध्यक्षतामा भएको कार्यक्रममा महानगर उपाध्यक्ष इन्दिरा लामिछानेले स्वागत र सञ्चालन सचिव जीतबहादुर खनालले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







