पोखरा । नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको पर्वत शाखाको अध्यक्षमा श्रीप्रसाद पौडेल चयन भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा तिला गिरी, द्वितिय उपाध्यक्षमा सनमकुमारी क्षेत्री, सचिवमा रामप्रसाद गौंडेल, कोषाध्यक्षमा दीपक अधिकारी चयन भएका छन् ।
यस्तै सदस्यहरुमा नारायण गिरी, सिता नेपाली , अस्लाम खान, गणेशबहादुर क्षेत्री, नारायणी श्रेष्ठ र दीपेन्द्र सुवेदी चयन भएका छन् ।
यसअघि ताराप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल राष्ट्रिय घरभाडा सरोकार कास्कीका निवर्तमान अध्यक्ष यमनाथ पौडेलले गरेका थिए । कार्यक्रममा माधव पौडेल, ठाकुर बि. पौडेल, गोपी अधिकारी, कमल प्रसाद न्यौपाने, नारायण सुवेदी लगायतले बोलेका थिए ।
शुक्रबार घरधनि र बहालमा बस्ने दुवैको सक्रियतामा समिति गठन गरिएको हो । यसअघि बाग्लुङमा पनि समिति गठन भइसकेको छ ।
‘सामाजिक सुरक्षा सहितको बहालकर घटाउ, यसपालि न्यून करसहितको बहालदर बनाऊ’ भन्ने नाराका साथ कास्कीमा स्थापना भएको नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको आयोजनामा गण्डकी प्रदेशको पर्वत र बाग्लुङमा समिति गठन गरिएको हो । हालसम्म समितिमा विभिन्न ४० जिल्लामा समिति गठन भइसकेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







