साउन १५ पोखरा । पोखराको सगरमाथा मा.वि.मा कक्षा ११ का विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ ।
विद्यालयले सोमबार एक कार्यक्रमका बीच कक्षा ११ का विभिन्न संकायमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको हो ।
कार्यक्रममा ईञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चाल क्याम्पस लामाचौरका क्याम्पस प्रमुख ई. निर्मलप्रसाद बराल, वडा नं. ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य दीपेन्द्र मर्सानि, विद्यालयका प्राचार्य धनबहादुर थापा, पूर्व विद्यार्थी डा राजेन्द्र पौडेल, विवेक श्रेष्ठ, कक्षा १२ का विद्यार्थी लगायतले उनीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै ईञ्जिनियरिङ अध्ययन संस्थान, लामाचौरका प्रमुख ई. निर्मलप्रसाद बरालले विद्यार्थी सफल बन्न विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्षीय भूमिका रहने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ई. बरालले विद्यालयले विद्यार्थीको मनमा आउने कौतुहलतालाई पुरा गराई असल विद्यार्थी निर्माण गर्न विद्यालयलाई आग्रह गर्दै समयको सहि व्यवस्थापन गर्न विद्यार्थीलाई सुझाए ।
यस्तै पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आफ्नो वडामा राष्ट्रिय स्तरको विद्यालय रहेको भन्दै गर्व मशुस गरेको बताए ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–प्रध्यापक पेट तथा छाती रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, पूर्व विद्यार्थी एवं माई सेकेण्ड टिचर गण्डकी प्रदेश प्रमुख विवेक श्रेष्ठले विद्यालयको बारेमा बोलेका थिए ।
विद्यालयका प्राचार्य धनबहादुर थापाले विद्यालयको बारेमा जानकारी दिँदै आफ्नो उद्देश्य प्राप्तीका लागि कडा परिश्रम गर्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले यसका लागि विद्यालयको सधै सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा यस विद्यालयबाट हालसालै उत्तीर्ण गरी मेडीकल तथा इन्जीनियरिङ्ग विषयमा पूर्णछात्रवृत्तीमा पढ्न सफल ६ जना विद्यार्थीहरुलाई सम्मान, कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







