पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थी बिदाई तथा सम्मान


     एभरेस्ट आवाज    
     श्रावण १६ गते २०८० मा प्रकाशित




साउन १६ पोखरा । पोखरा इञ्जिनियरिङ कलेज (पीईसी)मा विद्यार्थी बिदाई तथा सम्मान कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

पोखरा– ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बि.ई. कम्प्युटर र पाँच वर्षे बि. आर्किटेक्चर विषयको अध्ययन पुरा गरेका विद्यार्थीहरुको विदाई तथा उत्कृष्ट विद्यार्थी सम्मान गरेको हो ।

कार्यक्रममा कलेजका नवनियुक्त प्रिन्सिपल ई. सोम गुरुङ, प्रशासन प्रमुख चिजकाजी गुरुङ, कम्प्युटर विभाग प्रमुख ई. सुरज बसन्त तुलाचन, अतिरिक्त क्रियाकलाप संयोजक ई. प्रविण श्रेष्ठ लगायतले टिका, खादा र मायोको चिनोद्वारा विद्यार्थीहरुलाई बिदाई तथा सम्मान गरेका थिए ।

बिदाई गरिएका उनीहरु सिभिल र कम्प्युटर इञ्जिनियरिङतर्फ १७ औं व्याच हुन् भने पाँच वर्षे बि. आर्किटेक्चरका पहिलो ब्याचका विद्यार्थी रहेको कलेजले जनाएको छ ।

साथै सो अबसरमा कलेजबाट विभिन्न सेमेस्टरमा उत्कृष्ट तथा गत सेमेष्टरमा ४–४ एस जिपिए ल्याउन सफल ९ जना विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै कलेजका नवनियुक्त प्रिन्सिपल ई सोम गुरुङले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै अबका दिनहरुमा अवसरका ढोकाहरु खुल्दै जाने बताए । उनले प्राप्त उपलब्धीलाई जिम्मेवारीपूर्ण ढंगले सम्पादन गर्न आग्रह गरे ।

स्वतन्त्र विद्यार्थी परिषदका सभापति बिराट सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासन प्रमुख चिजकाजी गुरुङ, कम्प्युटर विभाग प्रमुख ई. सुरज बसन्त तुलाचन, अतिरिक्त कृयाकलाप संयोजक ई. प्रविण श्रेष्ठ लगायतले मार्गनिर्देशनात्मक भनाईहरु राखेका थिए ।

कार्यक्रममा विद्यर्थीहरु सुभाष अचार्य, प्रभात रेग्मी, पवन लम्साल , सरोज पौडेल , कृति न्यौपाने, उषा किरण भण्डारी, आशिस पाण्डे, अग्रता शर्मा लगायतले कलेजले पठनपाठनमा पुर्याएको सेवा सुविधाको बारेमा बोलेका थिए ।

कलेजबाट हालसम्म एक हजार दुई सय बढी इञ्जिनियर उत्पादन भइसकेको कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।