स्टेप वाई स्टेप मा.वि.मा नेपाली हिज्जे प्रतियोगिता


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा स्थित स्टेप वाई स्टेप मा. वि.मा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्ययार्थीहरूबीच अन्तरसदनात्मक अन्तर्गत हिज्जे प्रतियोगितामा सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा आइस्टाइन सदनका विल्सन न्यौपाने कक्षा ८ ख, दीक्षा दर्जी ८ ख, कुशल भुषाल कक्षा ८ क, समृद्धी तिवारी कक्षा ७ क, लक्षित गोतामे कक्षा ७ ख, कृपा भण्डारी कक्षा ६ क र राजविर जैसवाल कक्षा ६ ख को समूह प्रथम भएको थियो ।

प्रतियोगितामा चार विभिन्न सदनका चौबिस जना विद्ययार्थीहरूले भाग लिएका थिए । शिक्षिका सुशीला पौडेल र भगवती जि.सी.ले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

उक्त अवसरमा विद्ययालयका प्रचार्य निर्मला बरालले प्रतियोगिताले नेपाली भाषाको विकासका लागि विद्ययार्थीहरूमा निखारता प्रदान गर्ने बताईन् ।

विद्ययालयका सह-प्राचार्य दीपक गिरीले उक्त कार्यक्रममा विद्ययार्थीको चौतर्फी विकासका लागि विद्ययालयले यस्ता कार्यक्रमहरु गर्दै आएकोले विद्ययार्थीहरूले पनि सहभागिता जनाइ आपूmमा आत्मविश्वास र सक्रियता बढाउन आह्वान गरे ।

कार्यक्रमको संयोजन विद्ययालयका संयोजक तथा नेपाली विभाग प्रमुख सूर्य प्रसाद लम्सालले गरेका थिए भने सञ्चालन विद्ययालयका शिक्षक युवराज लामिछानेले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।