पोखरा । सरकारले जनआन्दोलनका घाइतेको लागि सेवा सुबिधा नघटाएको सामाजिक विकास तथा स्वास्थ मन्त्री सुशीला सिंखडाले दावी गरेकी छन् ।उनले जनआन्दोलनका घाइतेहरुलाई निःशूल्क स्वास्थ्य बिमा तथा उपचार कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिइरहेको बताइन् ।
शनिबार राज्यद्वारा बेपत्ता योद्वा मजदुर नेता चमनलाल बराल २१ औं खोज सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले घाइतेहरुको सरकारले सेवा सुविधा काट्यो भनेर फैलाइएको हल्लाहरु निराधार रहेको भन्दै हल्लाको पछाडी नलाग्न आग्रह गरिन् ।
जिल्ला अस्पताल र प्रदेश सरकारको अधिनमा रहेका सबै अस्पतालमा उक्त सेवा सुविधा लिन सक्ने जानकारी दिइन । ‘हामी बाच्ने पनि उछुट्टीएर बाँचेका हौं । कसरी बाँचीको थाहा छैन, उनले भनिन, पार्टी हिजो जसरी विभाजन भयो अब सबै केन्द्रित हुनुपर्छ बल्ल शहिदको सपना पुरा हुन्छ ।’
प्रचण्डलाई मात्र नभएर जनयुद्धमा होमिएका सबै नेताले जिम्मेवार हुनुपर्ने धारणा राख्दै जनयुद्धको नेतृत्व र कार्याकर्ता सबै एकै ठाउँमा हुनुपर्ने उनको भनाई थियो ।
आफुले सम्हालेको मन्त्रालय एउटा मन्त्रीले मात्र मन्त्रालय नभइ जनताको मन्त्रालय रहेको भन्दै जनता योजना माग्न आएमात्र मिलेर काम गर्न सकिने बताईन । मिलेर अघि बढ्न आफू तयार रहेको उनको भनाई थियो ।
चमनलाल बराल (मित्र)लाई २०५९ साल साउन २० गते तत्कालीन शाही सेनाबाट बेपत्ता भएका थिए । उनको अहिलेसम्मपनि अवस्था अज्ञात छ ।
चमनलाल बरालको छोरी संगिता बरालले राज्यको आफ्ना बाबुलाई बेपत्ता बनाएको बताउँदै उनको बारेमा मा परिवारलले यथार्थ जानकारी पाउनुपर्ने माग राखिन् । चमालाल जस्ता हजारौं अन्यमा परेको उनका भनाई थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





