sf7df8f}F, @! c;f/ . /fli6«o ;efsf] laxLaf/sf] a}7sdf ;xefuLx¿ . tl:a/ M /Tg >]i7÷/f;;
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
आजको बैठकको प्रारम्भमा एमाले सांसद दिलकुमारी रावल थापा (पार्वती) ले सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति नबनेसम्म सदनको अवरोध नखुल्ने बताए । सुन तस्करी प्रकरणमा सरकारको संलग्नता रहेको जिकिर गर्दै उनले यसबारे निश्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक भएकामा जोड दिए ।
“सुन तस्करको जरैसम्म पुगेर अनुन्धान गर्न समिति आवश्यक छ, सामन्य मजदुरी गर्ने दिलीप भुजेलको नाममा कम्पनी दर्ता गर्न कसले लगायो ?”, उनले भने, “यसको छानबिन सरकारबाट सम्भव छैन, त्यसकारण उच्चस्तरीय समिति आवश्यक छ ।”
सांसद रावलले उच्चस्तरीय समिति बनाएर यसमा संलग्न उच्च राजनीतिक एवं प्रशासनिक नेतृत्वलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर झण्डै एक सय किलो सुन बाहिरिएको विषयमा उच्चस्तरीय समिति नबनाएसम्म एमालेले सदन चल्न नदिने बताउँदै आएको छ ।
यही साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अवस्थामा करिब एक सय किलो सुन बरामद गरेको थियो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विरोध र दबाबको शैलीलाई परिमार्जन गर्दै बैठक अगाडि बढाउन आग्रह गर्दै बारम्बार प्रतिपक्षी सांसदलाई बस्न आग्रह गरेका थिए । एमाले सांसदहरूले आसनबाट उठेर विरोध कायमै राखेकाले उनले सभाको अर्को बैठक यही साउन २४ गते बुधबार अपराह्न १ः०१ बजे बस्नेगरी स्थगित गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







