नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । साउनको हरेक सोमबार आयोजना हुने बोलबमको अवसर पारेर आज सोमबार पोखरा–६ बैदामस्थित केदारेश्वर महादेव मन्दिर प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा समितिका सदस्य तथा भक्तजनहरुले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको केदारेश्वर महादेव मन्दिरका स्वामी सिद्धन चैतन्य डा.लेखनाथ आचार्यले कार्यक्रमका पहिलो रक्तदाता तुलसीप्रसाद चापागाईंलाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि आचार्यलाई बेलको विरुवा प्रदान गरेर स्वागत गरिएको थियो ।

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा केदारेश्वर महादेव मन्दिरका स्वामी सिद्धन चैतन्य डा.लेखनाथ आचार्य, पोखरा महानगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष विष्णुबहादु भट्टराई, घरबहाल सरोकार महासंघका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेल, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष बालकृष्ण निउरे, बैदामस्थित मितेरी आमा समहकी अध्यक्ष लक्ष्मी भट्टराई, बरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोला, नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिका सचिव नारायण सुवेदीलगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







