पोखरा, साउन २३
रुपा गाउँपालिका वडा नम्बर १ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शंकरलाल श्रेष्ठ चयन भएका छन् । सो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको भेलाले श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र पौडेल छन् भने समितिको अन्य सदस्यहरुमा बालमणी पौडेल, सूर्यबहादुर गान्छाकी मगर, मनमाया गिरी, रिता विक, कविता मास्की र रुपा–१ का वडाध्यक्ष रामबहादुर गोदार चयन भएका छन् ।
भेला निवर्तमान अध्यक्ष विकास खनालको अध्यक्षतामा भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि ३ वटा कृति छनोट भएका छन् ।…





