साउन २४ पोखरा । पोखरा लेडी जेसीजले साउन २६ गतेदेखि जेसीज सप्ताह आयोजना गर्ने भएको छ । पोखरा लेडी जेसीजले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यहि साउन २६ देखि ३२ गतेसम्म जेसीज सप्ताह गर्ने जानकारी दिएको हो ।
सप्ताहव्यापी कार्यक्रम बनाएको लेडी जेसीजले सात दिन सात फरक प्रकारका कार्यक्रम गर्ने कार्यतालिका तय गरेको पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी लक्ष्मी कुँवर लताले जानकारी दिईन् ।
पोखरा लेडी जेसीजका अनुसार जेसीज सप्ताहको पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रम हुने छ भने सोहि दिन महिला तथा विद्यार्थी लक्षित गरेर साइबर व्यूरो सम्बन्धी तालिम सञ्चालन हुनेछ । सो कार्यक्रम सकुन पौडेलको संयोजनमा हुने जनाइएको छ ।
सप्ताहको दोश्रो दिन पोखरा लेडी जेसीजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विनिता केसीको संयोजनमा हुने निःशुल्क शिविर कार्यक्रम पोखरा महानगरपालिका वडा नं.– १८ स्थित बाल सुधार गृहमा हुने अध्यक्ष अधिकारीले जानकारी दिईन् । सो कार्यक्रम सुधार गृहमा रहेका बालबालिका र स्थानिय समुदायलाई समुदायलाई लक्षित गरेर आयोजना गरिएको हो ।
सप्ताहको तेश्रो दिन रिना पौडेलको संयोजकत्वमा पोखरा–२६ स्थित भवानी कालिका मा.वि. विजयपुरमा स्टेश्नरी तथा आवश्यक सामाग्री वितरण कार्यक्रम गरिने तालिका छ ।

यस्तै, सप्ताहको चौथो, पाँचौं र छैंटौं दिन सीपमूलक तालिम आयोजना गरिने पोखरा लेडी जेसीजले जनाएको छ । पोखराको बगरस्थित स्वस्तीक हस्तकलामा महिलाहरुलाई लक्षित गरेर आयोजना हुने तेश्रो दिनको कार्यक्रम रचना अधिकारी, चौथो दिनको कार्यक्रम सम्झना बस्नेत र पाचौं दिनको कार्यक्रम करुण पाण्डको संयोजनमा हुने जेसीज सप्ताहकी मूल संयोजक एवम् पोखरा लेडी जेसीजको कार्यकारिणी उपाध्यक्ष प्रमिला सुवेदीले जनकारी दिइन् ।
सप्ताहको अन्तिम दिन असहाय विरामीलाई आवश्यक सामाग्री थता खाद्यान्न वितरणसहित सप्ताहको सप्ताहको समापन गरिने जेसीज सप्ताहकी मूल संयोजक एवम् पोखरा लेडी जेसीजको कार्यकारिणी उपाध्यक्ष प्रमिला सुवेदीले जनकारी दिइन् ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको संस्थाका २००७ का अध्यक्ष मिनु कुँवर श्रेष्ठ, निवर्तमान अध्यक्ष लक्ष्मी अधिकारी, अध्यक्ष लक्ष्मी कुँवर (लता) लगायतले सहजीकरण गरेका थिए ।
जेसीज सप्ताहका कार्यक्रम सामाजिक रुपान्तरणमा सघाउ पु¥याउने उद्देश्य राखेर तय गरिएको पोखरा लेडी जेसीजका अध्यक्ष लक्ष्मी कुँवर लताले बताइन् । संस्थाकी अध्यक्ष कुवँरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत दिपा पौडेल, जेसीज आस्थापाठ कोषाध्यक्ष सम्झना क्षेत्री र कार्यक्रमको सञ्चालनसचिव अनिता खड्काले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







