साउन २६ पोखरा । पोखरा लेडी जेसीजको आयोजनामा शुक्रबारबाट जेसीज सप्ताह शुरु भएको छ । लेडी जेसीजको आयोजनामा शुरु भएको सप्ताहको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले उद्घाटन गरे ।
सप्ताहको पहिलो दिन उद्घाटनसँगै साइबर व्यूरो सम्बन्धि तालिम सम्पन्न भएको संस्थाका अध्यक्ष लक्ष्मी कुँवर लताले जानकारी दिइन् । पोखरा उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगर–१ का प्रहरी निरीक्षक तिलक मानन्धरले सहजीकरण गरेका थिए ।
कार्यक्रममा पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष संगिता पौडेल, मातृशाखा पोखरा जेसीजका अध्यक्ष गणेश गिरी, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका कार्यवाहक अध्यक्ष कृष्ण तामाङ, भानुभक्त सेकेण्डरी बोर्डिङ स्कुलकी विद्यार्थी सफलता गौतम, कृषि सञ्जाल वडा न ८ का अध्यक्ष कान्ति अधिकारी लगायतले बोलेका थिए ।
महिला तथा विद्यार्थी लक्षित सइबर व्यूरो सम्बन्धी तालिममा विभिन्न विद्यालयका विद्यार्थी, सञ्चारकर्मी, विभिन्न आमा समुह, संस्थाका पदाधिकारी तथा सदस्य सहित दुई सय बढिको सहभागिता रहेको कार्यक्रम संयोजक सकुन पौडेलले जानकारी दिइन् ।

संस्थाका अध्यक्ष लक्ष्मी कुँबर थापा ‘लता’को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सकुन पौडेल, जेसीज आस्था पाठ तथा मिसन भिजन वाचन इशा आलेले गरेकी थिइन् ।
यस्तै सप्ताहाको दोश्रो दिन शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने सप्ताहव्यापी कार्यक्रमका मुल संयोजक तथा पोखरा लेडि जेसिज २३का कार्यकरणी उपाध्यक्ष पर्मिला सुवेदीले जानकारी दिए । विनिता केसीको संयोजनमा हुने निःशुल्क शिविर कार्यक्रम पोखरा महानगरपालिका वडा नं.– १८ स्थित बाल सुधार गृहमा सञ्चालन हुँदैछ । सुधार गृहमा रहेका बालबालिका र स्थानिय समुदायलाई लक्षित गरेर आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको उनले बताइन् । संस्थाले यसअघिनै विभिन्न सात वटा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







