जिल्लास्तरीय कविता प्रतियोगितामा करुणानिधि प्रथम


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०८० मा प्रकाशित




पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा भएको जिल्ला स्तरिय कविता प्रतियोगितामा करुणानिधि मा. वि. प्रथम भएको छ । नेपाल यूवा रेडक्रस सर्कल जनप्रिय मा.वि. सिमलचौरको व्यवस्थापनमा भएको प्रतियोगितामा करुणानिधि मा.वि.ले प्रथम हुँदै नगद रु पाँच हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा बिन्देश्वरी मा.वि. द्वितिय, पोखरा आर्दश मा. वि. तितृय र अमरसिंह मा.वि.ले सान्त्वना हुँदै क्रमश चार हजार र तीन हजार र एक हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा जिल्लाभरबाट ३२ सर्कलहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यसअघि कार्यक्रमको गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले उद्घाटन गरेका थिए ।

कार्यक्रममा ने.रे.सो जिल्ला शाखाका सभापति दण्डराज शर्मा, मन्त्री सुरेन्द्र गुरुङ ,कार्यालय प्रमुख मोहन सिंह खड्का, जुनियार युवा समिति संयोजक रमेश भण्डारीले उपस्थित प्रतिस्पर्धीहरुलाई शुभकामना प्रदान गरेका थिए ।

यसका साथै कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको युवा रेडक्रस सर्कल जनप्रिय मा वि का शिक्षक नायक श्रीकान्त पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।