गेटवय फाउन्डेशन नेपालले पुर्व लागुऔषध प्रयोगकर्ता बिच फुटसल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
लामो समय देखि लागुऔषध उपचार तथा पुर्नस्थापनाको क्षेत्रमा काम गर्दे आईरहेको यस संस्थाले भदौ २० गते देखि संञ्चालन हुने पुर्व लागुऔषध प्रयोगकर्ता बिच फुटसल प्रतियोगितामा लगभग १५ टिम सहभागि हुने प्रतियोगिताका संयोजक रोशन गुरूङले जानकारी दिए ।
लागुऔषधको समस्या छ र संगसंगै यसको समधान पनि छ, लागुऔषध छोडेर समाजमा उत्पादक सदस्य बन्न सकिन्छ भन्ने अभिप्रयका साथ फुटसल प्रतियोगिताको आयोजना गरिएको संयोजक गुरूङले बताए ।
दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने सहभागि टिमले नगद रू. चालिस हजार (४०,०००) सहित मेडल प्रमाणपत्र र शिल प्राप्त गर्ने छन भने द्धितिय हुने टिमले रु.बिस हजार (२०,०००) नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन साथै उत्कृष्ट खेलाडि, अनुशासित टिम, अत्यधिक गोलकर्ताले पनि पुरस्कार प्राप्त गर्ने छन ।
टिम दर्ता शुल्क रू. ५००० रहेको आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







