भोलि कास्कीका सबै विद्यालयमा विदा


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०८० मा प्रकाशित




साउन २९ पोखरा । ट्होंटे पर्वका अवसरमा भोलि कास्कीका सबै विद्यालयमा विदा हुने भएको छ ।

शिक्षा विकास तथा सन्वय इकाई कास्कीले तमु जातिको ट्होंटे पर्वको अवसरमा जिल्लाका सबै विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो ।

इकाईले सोमबार एक विज्ञप्ती जारी गर्दै मंगलबार तमु जातिको मौलिक परम्परागत साँस्कृतिक पर्व ‘ट्होंटे’ का अवसरमा स्थानिय विदाबाट कट्टी हुनेगरि विदा दिइएको इकाइ प्रमुख उपसचिव लोकनाथ आचार्यले जानकारी दिएका छन् ।

इकाई प्रमुख आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा, ‘तमु जातिको मौलिक परम्परागत सांस्कृतिक पर्व “ट्होंटे मनाउने सम्बन्धमा यहि २०८० श्रावण ३० गते मंगलवार स्थानीय विदाको व्यवस्थाका लागि तमु धिं नेपालको २०८०/०४/२३ च.नं १२ को पत्रबाट अनुरोध भई आएकोले स्थानीय विदाबाट कट्टी हुने गरी बिदा दिने व्यवस्थाका लागि अनुरोध छ ।’ भनिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।