शुक्लेश्वर महादेव मन्दिर सेवा समितिमा सापकोटा


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०८० मा प्रकाशित




साउन ३० पोखरा । शुक्लेश्वर महादेव मन्दिर सेवा समितिको अध्यक्षमा विष्णुहरि सापकोटा चयन भएका छन् ।

समितिको आज सम्पन्न नवौं साधरण सभा तथा पाँचौं अधिवेशनले सापकोटाको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गिता पौडेल (कल्पना), सचिवमा लिला आचार्य, सह – सचिवमा योगेन्द्र कँडेल, कोषाध्यक्षमा रामदेवी रोका चयन भएका छन् ।

यस्तै सदस्यहरुमा शारदा भण्डारी, डिलबहादुर राना, शुसिला के.सी., श्यामप्रसाद सुवेदी, भोलाकुमार श्रेष्ठ, रुद्रबहादुर बुढाथोकी, मिना पौडेल, पौडेल, केदार पोख्रेल र राधेश्याम मल्ल चयन भएको नवनिर्वाचित सचिव लिला आचार्यले जानकारी दिए ।

शुक्लेश्वर महादेव मन्दिर पोखरा– १५ स्थित नयाँगाउँमा अवस्थित रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।