मन्त्रिपरिषद् निर्णय : भूउपयोग नियमावली पास, क्वार्ज क्रिष्टल गोरखा दरबारमै राखिने


     एभरेस्ट आवाज    
     श्रावण ३० गते २०८० मा प्रकाशित




साउन ३० काठमाण्डौं । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।”

जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ । “त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उसलाई पुरस्कृत गर्ने पनि निर्णय गर्नुका साथै नवनियुक्त सङ्घीय मामिला तथा सङ्घीय मामिलामन्त्रीलाई स्वागत गर्दै बिदा भएका मन्त्रीलाई धन्यवाद प्रस्ताव पनि पास गरेको छ”, उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।