सुनचाँदीको मूल्य घट्यो , आज कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस


     एभरेस्ट आवाज    
     श्रावण ३२ गते २०८० मा प्रकाशित




आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८०० रुपैयाँले घटेको हो । सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज तोलामा ५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको जनाएको छ । जो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।