स्टेप बाई स्टेपको वक्तृत्वकलामा ज्वाला पाठक प्रथम


     एभरेस्ट आवाज    
     श्रावण ३२ गते २०८० मा प्रकाशित




साउन ३२ पोखरा । पोखराको स्टेप वाई स्टेप मा.वि. मासबारले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा ज्वाला पाठक प्रथम भएका छन् ।

विद्यार्थीको वाककलाको अभिवृद्धि गर्ने उद्देश्यले कक्षा ९ र १० का विद्यार्थीहरुबिच भएको प्रतियोगितामा २५ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ज्वाला पाठक प्रथम भएका हुन् । यस्तै प्रतियोगितमा द्वितीय अनमोल खड्का , तृतीय जेनिफर चौधरी र एलिना रसाइलीले सान्त्वना स्थान प्राप्त गरे ।

पोखराको मासबारस्थित विद्यालयमा भएको कार्यक्रममा सूर्यप्रसाद लम्साल र सुशीला पौडेलको निर्णायक मण्डलले उनीहरुलाई विजयी घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै विद्ययालयका प्रचार्य निर्मला बरालले विद्यार्थीको वाककला र आत्मबल वृद्धिका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन् । उनले कार्यक्रमले विद्यार्थीहरूको सक्रियता र भाषिक शुद्धातामा अभिवृद्धि गर्न फलदायी हुने विश्वास व्यक्त गरिन् ।

विद्यालयका सह प्राचार्य दीपक गिरीले विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयले यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । उनले यस्ता कार्यक्रमहरुमा सहभागिता जनाई आपूmमा आत्मविश्वास बढाउन विद्यार्थीहरूलाई आह्वान गरे ।

प्राचार्य निर्मला बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख युवराज लामिछानेले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।