पोखरा । लोकप्रिय गायक बिक्रम जङ्ग शाहको नयाँ गीत ‘गल्फ्रेन्ड छोडे मैले’ सार्वजनिक भएको छ । गीतमा गायक बिक्रम जङ्ग शाह र लोकप्रिय गायिका टीका पुनको स्वर रहेको छ । गीतमा यज्ञ वि।कको लय र शब्द रहेको छ । बिनोद बाजुरालीको संगित संयोजन रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।
उद्दार म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । गीतको भिडियोमा चर्चित नायक पल शाह, बिजय पुन, बिष्णु पुन र यानी पुनको अभिनय रहेको छ । गीतको भिडियोमा प्रेमी र प्रेमिका बिचको माया प्रेमका बिच शंका उपशंका र असमझदारीका कारण साथ छोडेपछीको स्वतन्त्रता दर्शाइएको छ ।
टिफिकल गीत गाउन अब्बल गायक शाहका यस अगाडी माइला, खोला खोल्सी, ज्यानलाई भो खतरा, टिलपिल तारा, मनमा तिमी लगायत थुप्रै गीतहरु चर्चित छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






