पोखरा, भदौ २
उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी र प्रशासनमा आर्थिक चलखेल र राजनीतिक हस्तक्षेपका आधारमा हुने सरुवा, बढुवालगायतका काम बन्द गरेको दाबी गरेका छन् । जनतासँग माओवादी अभियान अन्तर्गतको कार्यक्रममा सहभागि हुन शनिबार पोखरा आएका श्रेष्ठसँग प्रेस सेन्टर कास्कीले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘म आएदेखि प्रहरी, प्रशासनमा आर्थिक चलखेलले पदोन्नती गर्ने, बढुवा र सरुवा गर्ने । पदस्थापन गर्ने कार्य सबै सकियो । प्रशासनमापनि राजनीतिक वा बाह्य अरु प्रकारको हस्तक्षेपका आधारमा जिम्मेवारी दिने र प्रशासनिक वा सुरक्षाकर्मीलाई अपमानित गर्ने । मनोबल गिराउने कार्यलाई निषेध गरेको छु ।’
उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सुशासनको अभियान अन्तर्गत शरणार्थी प्रकरण, सुनकाण्ड, ललिता निवास काण्डलगायतको छानविन भइरहेको बताए । सरकार भ्रष्टाचारविरोधी, दण्डहिनता विरोधी, ठगी विरोधी, अनियमितता विरोधी अभियानमा लागेको भन्दै उनले भने,‘देशमा राजनीतिक परिवर्तन त भयो तर सुशासन, समृद्धि भएन । अब सुशासनसँगै समृद्धिको यात्रालाई तय गर्न सरकार लागिरहेको छ, यसबाट जनतालाई नया जीवन पाएको अनुभूति गराउने हो ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





