सञ्चार माध्यममा तामाङको सवाल एवं पत्रकारिता तालिम सम्पन्न

- आफ्नो जातियता संरक्षणमा स्वयमंको अग्रसरता महत्वपूर्णः उपप्रमुख गुरुङ


     एभरेस्ट आवाज    
     भाद्र २ गते २०८० मा प्रकाशित




भदौ २ पोखरा । २९ औं तामाङ प्रसारण दिवसको उपलक्ष्यमा तामाङ पत्रकार संघ कास्कीले शनिबार तामाङ बौद्ध सेवा समिति, संगमटोलमा सञ्चार माध्यममा तामाङको सवाल एवं पत्रकारिता तालिम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबि गुरुङले आफ्नो जातियता संरक्षणमा स्वयमंको अग्रसरता महत्वपूर्ण रहेको बताइन् ।

स्वच्छ र निष्पक्ष पत्रकारिता गर्दै तामाङ समुदायको मौलिक सँस्कृति, कला र गतिविधिका विषयमा कलम चलाई प्रविधिको माध्यमबाट राज्यका निकायसँग पनि समन्वय र सहकार्य गर्दै समाजको विकासमा योगदान दिनुपर्नेमा उनको जोड थियो ।
उपप्रमुख गुरुङले पत्रकारसँग न्यायिक समिति कार्यक्रम रहेको जानकारी दिदै आगामी दिनमा महानगर सहकार्य र सहयोग गर्न तत्पर रहेको बताइन् ।

कार्यक्रममा बोल्दै संघका सल्लाहकार एवं नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दिपक तामाङले तामाङ जातीको आफ्नै गर्विलो इतिहास रहेको भन्दै सामाजिक, राजनितिक, भाषिक लागायतमा बिस्तारै अघि बढिरेको र थप उपलब्धी, अधिकारका लागि हरेक क्षेत्रबाट माथि उकास्न जरुरी रहेको बताए ।

त्यस्तै संघका सल्लाहकार एवं नेपाल तामाङ घेदुङ कास्की समन्वय समितिका सचिव मिनमाया तामाङले तामाङ समुदायमा अलिखित इतिहासहरु धेरै रहेको भन्दै त्यसलाई शुक्ष्म परिक्षण गरी लिखित रुपमा दस्तावेज बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले तामाङ जातीको भाषा, संस्कृति, परम्परालाई नवगठित तामाङ पत्रकार संघले उजागर गर्नेमा आफु विश्वस्त रहेको बताए ।

तामाङ पत्रकार संघ कास्कीका अध्यक्ष पवित्रा तामाङले कास्की जिल्लामा बिशेष गरेर तामाङ समुदायको कला, सस्कृति, भाषाको जर्गेना गर्नको निम्ति संगठनको आवश्यकतालाई मध्यनजर गर्दै तामाङ पत्रकार संघको स्थापना भएको जानकारी दिए ।

नवगठित तामाङ पत्रकार संघ कास्कीका पदाधिकारी एवं सदस्य साथै विद्यार्थीहरुलाई लक्षित पत्रकारिता तालिमको प्रशिक्षण रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सञ्जय कुमार मल्लले गरेका थिए । पत्रकारिता क्षेत्रमा लाग्दा पालना गर्नुपर्ने आचारसंहियता, पत्रकारिताको मूल्य र मान्यता लागायत बिषयहरु उनले प्रशिक्षण दिएका थिए ।

तामाङ सम्बद्ध विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु सहित करिब ७० जनाको उपस्थिती रहेको सो कार्यक्रमको संचालन संघका उपाध्यक्ष सन्तोष तामाङले गरेका थिएभने स्वागत सदस्य सुजन तामाङले राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।