शम्भु अधिकारि
तनहुँ, थर्पु
म जन्मेको सायद कसैलाई थाहा छ
धर्तीको निर्माण संगै मेरो पनि अस्तित्व
मेरो शीरबाट अनगिन्ती नदीहरू बग्दै
पहाड, मधेस र तराइ सिंचित गरेको छु
अन्न भण्डार खान पुग्छ प्रशस्त
विश्वका सर्बोच्च हिमालयहरू पनि
त्यो सुन्दर सुनौलो हिमश्रृङ्खला
आकर्षणको केन्द्र म मा नै छ
मानिस नबस्दै मेरो काखमा कति आए
नेपालनै नपढेकाहरु मेरो गाथा गाउछन
महाभारत श्रृङ्खला कति मनोरम
बाघ, गैडा, हात्ती, मयूर, डाँफे र मुनाल
म रंगीन छु इन्द्रेणी र पूर्णचन्द्रजस्तो
मेरो छातीमा नेपालीलाई टासेकोछु
गोपाल र महिषपालहरू मेरै पासमा
लिच्छवि, कर्नाटबंशहरू र मल्लबंश
सबै स्वतन्त्र नेपालका बासिन्दाहरू
फिरङ्गीहरू मलाइ धकेल्न कोशीस गरे
मुसलमानको आक्रमण पनि सहे मैले
तर म डेग चलिन अस्तित्व बचाइ राखे
झुण्ड झुण्डले शासन गरेपनि म
बिभाजित भईन बरु बलशाली भए
दक्षिण र उत्तरबाट ममाथि हमला भए
मेरा सन्तानले युद्ध गरेरपनि बचाए
कतिले मेरो शाख जोगाए र रक्षा गरे
मलाइ राजनीतिक ब्यबस्था थाहा छैन
जे गर्छन सन्तानको मनोकामना
मेरो छातीमा खेल, बेस्सरी उफ्र
म सहन्छु तर मिलेर बस, झगडा नगर
मलाइ बिदेशीको खेलमैदान नबनाउ
धर्मिक द्वन्द र जातीय द्वन्द्व म सहन्न
बिदेशीहरू बिभिन्न रूपमा आउछन
मेरो अस्तित्वलाई गिजोल्छन
बिदेशीको एजेन्ट भएर दुख नदेऊ
बिदेशीको पैसामा मलाइ नबिकाउ
थाहा भए देखी म स्वतन्त्र अस्तित्वमा
अझै युगयुग संम मेरो स्वतन्त्रता
आफ्नै सन्ततिले बचाउनु पर्छ
म सबैभन्दा पुरानो देश हु
प्रत्येक नेपालीले बुझ्नु पर्छ
पहिला तिमी नेपाली हौ
अनि मात्र बिभिन्न जातजातिका
सबैलाइ मेरो आशीर्वाद यही हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






