खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा असोज ६ गते


     एभरेस्ट आवाज    
     भाद्र ५ गते २०८० मा प्रकाशित




भदौ ५ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन असोज ६ गते हुने भएको छ । मञ्चको हालै बसेको एकतीसौं बैठकले साधारण सभा तथा विधान अधिवेशन सम्बन्धी निर्णय गरेको हो ।

मञ्चको विधानलाई आवश्यकताको आधारमा परिमार्जन गर्दै समय सापेक्ष बनाउने उद्धेश्यका साथ विधान अधिवेशन सहितको साधारण सभा आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । जसको लागि मञ्चका सल्लाहकार रञ्जन अधिकारी क्षेत्रीको संयोजकत्वमा विधान संसोधन समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको छ । मञ्चका अध्यक्ष र महासचिव पदेन सदस्य रहने समितिलाई पूर्णता संयोजक अधिकारीले दिनेछन् ।

गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा रहेको मञ्चले प्रदेशका सबै जिल्लामा शाखा विस्तार गर्ने तयारी समेत गरेको मञ्चका महासचिव राजाराम पौडलले बताए ।

२०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीको रुपमा स्थापना भएको यो संस्था २०७५ सालमा गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको थियो । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।