स्थानीयतहमा युवा सहभागिता र उद्यमशीलता विषयक अन्तक्रिया


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०८० मा प्रकाशित




पोखरा । अकाउण्टबिलिटी ल्याब नेपालको आयोजनाकमा पोखरामा आइतबार स्थानीय तहमा युवा सहभागिता र उद्यमशीलता विषयक अन्तक्रिया भएको छ ।

कार्यक्रममा संस्थाका सोनी खनालले स्वागतसहित संस्थाको बारेमा प्रकाश पारेकी थिइन भने कार्यक्रम संयोजक जयन्ती शर्माले संस्थाका परियोजना र उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।

अन्तक्रिया कार्यक्रममा उपस्थित युवाले शिक्षा , स्वास्थ्य , बढ्दो विदेश मोह, संघीयतामा युवाहरुको भुमिका, , स्थानीय तह र युवाहरुको सम्वन्ध र फरक क्षमता भएका युवाहरुको सुविधा र अवसर, युवाहरुमैत्री कार्यक्रमहरुको विषयमा युवाहरुले जिज्ञासा राखेका थिए।

बैदेशिक रोजगारका सम्बन्धमा अधिकांश वक्ताले स्वदेशमा पढेर पनि भनेजस्तो नोकरी पाउन नसक्ने अवस्थाका कारण विदेशमोह बढेको बताए । उनीहरुले टेक्नोलोजि र समयसापेक्ष अगि बढ्न सरोकारवालालाई सुझाव दिए ।

फरक क्षमता भएका युवाहरुले आफुहरु दृष्टिविहिन र अपाङग भएकै कारण अवसरबाट वञ्चित भएको बताए । उनिहरुले बैंक खाता खोल्न जाँदा बैंकका कर्मचारीले अभिभावक सहित आउन भनेर दुःख दिने गरेको गुनासो पोखे ।

शिक्षाको बिषयमा युवाहरुले नयाँ र स्थानिय पाठ्यक्रम निमार्णमा जोड दिए । साथै फ्राइडे नो बुक पोखरा कार्यक्रम छिटै सञ्चालन गर्न जनप्रतिनिधि सुझाव दिए ।

उक्त कार्यक्रममा बोल्दै पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आफ्नो वडाले युवाहरुसगँ समन्वय गरेर युवाले ल्याएका योजनामा वडाले पनि साथ दिने प्रतिबद्धता जनाए ।

यसैगरि पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले युवा विदेशिने क्रममा आधा भन्दा बढि प्रतिशत डकुमेन्ट वडाबाटै सिफारिस हुने गरेकाले भविष्यमा देशले ठुलो मुल्य चुकाउनु पर्ने भन्दै चिन्ता ब्यक्त गरे । उनले बढ्दो विदेश मोह घटाउन र युवापलायन रोक्न स्थानिय सरकार र सरोकारवाला निकायले उद्यमशीलतामा ध्यान दिनुपर्ने बताए ।

गण्डकी प्रदेश पर्यटन तथा उद्योग कार्यालयका प्रमुख शेषकान्त पौडेलले आफुहरुले विभिन्न तालिम दिने गरे पनि युवाहरुको अपेक्षाकृत सहभागिता नहुने गरेको बताए ।

पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रकी सिर्जना बस्ताकोटी आफूहरूले स्थापनाको एक वर्षमै २ सय ४४ जनालाई विभिन्नखालका तालिम दिएकोे बताइन् । उनले छिटै युवासँग महानगर उद्यमशीलता तालिम र लगानी प्रवद्र्धन कार्यक्रम गर्ने लागेको जानकारी दिइन । उनले हालैमात्रै २० जनालाई चिनियाँ भाषा तालिम दिएको समेत बताइन ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले यता सहरमा छोराछोरी जागिरका लागि भौँतारिनी उता गाँउमा आमाबा टनेलमा काम गर्ने कामदार नपाउने गुनासो पोखे । ’पहिले गाउँमा विकास भएन भनी सहरकेन्द्रित बसाइँसराइ त अहिले गाउँमा विकास छिरेको छ तर गाउँमा मान्छे छैनन ।’ उनले भने, समस्यामात्र हैन समाधानको उपाय पनि निकाल्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

पोखरा महानगर सामाजिक महाशाखाका प्रमुख विष्णुमाया गौडे प्रधानमन्त्री रोजगार कार्यक्रमका विष्णुप्रसाद दाहाल कोशिश नेपालका विजय राई,एनवाईइएफका निरन केसी ,राइट फर चिल्ड्रेनका सरिता अधिकारी लगायत कार्यक्रममा बोलेका थिए ।

अकाउण्टाबिलिटी ल्याव नेपालले यस्ता अन्तक्रिया कार्यक्रम पोखरा लगायत देशका विभिन्न ठाउँमा गर्दै आएको छ ।
उक्त कार्यक्रममा करिब ६० जना भन्दा बढिको सहभागिता थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।