पोखरामा भदौ १३ गते तायाःमचा नृत्य प्रतियोगिता, बिजेतालाई ३ लाख दिईने


     एभरेस्ट आवाज    
     भाद्र ११ गते २०८० मा प्रकाशित




पोखरामा हुने तायाःमचा नृत्य प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेवाःखल कास्कीको आह्वान तथा रानीपौवा तायाःमचा नाच समिति पोखरा–११ को आयोजनामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यस वर्ष यहि भदौ १६ गते शनिबार रानीपौवामा आयोजना हुँदैछ ।

प्रतियोगिताको उद्घाटन शनिबार विहान ८ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने तय भएको कार्यक्रम संयोजक ईश्वर कर्माचार्यले जानकारी दिए । ‘उद्घाटन शत्र लगत्तै प्रतियोगिता शुरु हुन्छ’–उनले भने । प्रतियोगितामा ३३ वटा टीम सहभागि हुने अनुमान गरिएको उनले बताए । उनका अनुसार पुरुष २४ र महिला ९ गरेर ३३ वटा टीमले सहभागिता जनाउनेछन् ।

नेवार समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा छ । गाईजात्रामा समावेश हुने बाजासहितको नाचलाई नै तायाःमचा भन्ने गरिएको हो । गाईजात्राको अवसरमा देखाईने तायाःमचा नृत्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्यले पोखरामा गाईजात्रा पछिको पहिलो शनिबार तायाःमचा नृत्य प्रतियोगिता हरेक वर्ष आयोजना गरिदै आएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवार समुदाय भएका हरेक टोलमा तायाःमचा निस्कियोस् भनेर आफूहरुले प्रतियोगिता गर्नेगरेको बताए । ‘यसले तायाःमचा संस्कृति जीवन्त राख्न मद्धत पुग्छ भन्ने हाम्रो विश्वास हो’–उनले भने । कास्कीमा अब ४ वटा कचाः खलले मात्र नाच निकाल्न बाँकी रहेको उनले बताए । उनले तायाःमचा नाचप्रति पर्यटकको आकर्षण बढ्दै गएको बताए । पर्यटकको बसाई ४ दिनबाट डेढ दिनमा झ¥यो भन्ने रिपोर्ट आएको छ,उनले भने, ‘पर्यटकको बसाई लम्ब्याउनपनि तायाःमचाले भूमिका खेल्न सक्छ । त्यसका लागि पर्यटन वोर्डले तालिकामा समावेश गर्नुपर्छ ।’

यस वर्षको प्रतियोगिताको बिजेताले पुरुषतर्फ ३ लाख १ रुपैयाँ, द्वितीय हुनेले २ लाख १ रुपैयाँ र तृतीय हुनेले १ लाख १ रुपैयाँ तथा सान्त्वना हुने एक टीमलाई ३० हजार रुपैयाँ प्राप्त गर्ने रानीपौवा तायाःमचा नाच समितिका अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले जानकारी दिए । उनका अनुसार महिलातर्फको उपाधि बिजेतालाई ४० हजार र द्वितीय हुनेलाई २० हजार प्रदान गरिनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।