तमु साँस्कृतिक प्रतिष्ठान नेपालको साधारणसभा सम्पन्न


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०८० मा प्रकाशित




भदौ १६ पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार पोखराको नयाँबजारस्थित तमु धींमा सञ्चालन भएको साधरण सभाको गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका कम्प्युटर अधिकृत तथा संस्थाका सल्लाहकार तेज च्हाक्ली तमुले उद्घाटन गरे । उनले संस्थाका गतिविधि चुस्त दुरुस्त तरिकाले सार्वजनिक हुनुपर्नेमा जोड दिँदै आफुले त्यो सबै तमु साँस्कृतिक प्रतिष्ठानमा देखेको बताए ।
यसका लागि संस्थाले गर्दै आएको गतिविधिहरुको उनले खुलेर प्रशंसा गरे ।

कार्यक्रममा गुरुङ साहित्यिक मञ्च नेपालका अध्यक्ष गौरी तमुले समुदायलाई हरेक क्षेत्रमा पहुँच पुर्याउन र विकासका लागि शिक्षा, सन्चार र साहित्य (३ स) मा अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा तमु साँस्कृतिक प्रतिष्ठान विद्यार्थी समितिका अध्यक्ष सुदिप तमु, तमु धीं नेपाल महिला समितिका अध्यक्ष पवित्रा तमु, प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ तमु लगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका आजिवन सदस्य मनकुमारी तमुले आफ्ना स्व. बुवा÷आमा केशबहादुर÷विरमाया तमुको स्मृतिमा एक विद्यार्थी छात्रवृत्ति बराबरको एक लाख २५ हजारको अक्षयकोष स्थापना गरेकी छन् ।

यस्तै तमु समाज वेल्जियमका निवर्तमान अध्यक्ष ओमराज तमु र उनकी पत्नी टिकादेवी तमुले आफ्ना स्व. बुवा आमा यमबहादुर÷ मनकाउरी तमुको स्मृतिमा रु. एक लाख २५ हजार अक्षयकोषका लागि प्रतिष्ठानलाई प्रदान गरे ।

साधरणसभाले सचिव कञ्चन तमु र कोषाध्यक्ष श्यामबहादुर तमुले प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनलाई सभाले अनुमोदन गरेको छ । साधरण सभामार्फत नव नियुक्त विद्यार्थी समितिका अध्यक्ष सुदिप तमुलाई मुल समितिको पदेन सदस्यमा मनोनित भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–सचीव भेषराज तमुले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।