पोखरा । गाईजात्राको अवसरमा रानीपौवा तायमचा नाच समितिले पोखरामा आयोजना गरेको तायमचा नृत्य प्रतियोगितामा पुरुषतर्फ तेर्सापट्टी तायमचा समिति, पोखरा–३ प्रथम भएको छ ।
पुरुषतर्फ २० टिमलाई पछि पार्दै तेर्सापट्टीले नगद ३ लाखसहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।
यस्तै, नयाँबजार सांस्कृतिक समिति दोस्रो र भीमसेन टोल सुधार समिति तेस्रो भए । उनीहरुले क्रमशः २ लाख र १ लाख पुरस्कार पाए । मोहरिया सिंहनाथ टोल तायमचा समितिले सान्त्वना हुँदै ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
महिलातर्फ बागबजार बगर तायमचा समिति, पोखरा–१ प्रथम भयो । यस्तै, लामाचौर नेवा खल गुठी दोस्रो र भण्डारढिक नेवा: खल: तेस्रो भएको नेवाः खल कास्की अध्यक्ष अशोक पालिखेले बताए ।
महिलातर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ४०, २० र १० हजार रुपैयाँ पुरस्कार दिइएको छ ।
उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पुरस्कार वितरण गरे । शनिबार बिहानैदेखि सुरु भएको प्रतियोगिता राति अबेर सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फ २१ र महिलातर्फ ९ टिमले भाग लिएका थिए ।
यस वर्षदेखि पोखरा तेर्सापट्टी निवासी दाजुभाइ रामकाजी, रवीन्द्र र शंकर श्रेष्ठले आफ्नाबाबु हेमकुमार र बालकुमारीको स्मृतिमा पुरस्कारका लागि १० लाख प्रायोजन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






