शुक्ला साहित्य प्रतिष्ठानले गर्ने कृष्ण भजनको तयारी अन्तिम चरणमा, प्रथम हुने टोलीलाई नगद १ लाख


     एभरेस्ट आवाज    
     भाद्र १७ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्ने खुल्ला कृष्ण भजन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगिता गत ३ वषर््ा कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि पुन संचालन गर्न लागिएको प्रतियोगिताको तयारी आन्तरिक वाहेक सवै अन्तिम चरणमा पुगेको प्रतिष्ठानका अध्यक्ष हरि वरुवालले जानकारी दिए । यही भाद्र २० गते स्थानिय वाटुलेचौर मैदानमा आयोजना गरिने प्रतियोगितालाई भव्य र व्यवस्थित वनाउन कुनै कसर वाकी नराखिएको संयोजक दुर्गादेवी वस्नेतले बताए ।

उनका अनुसार प्रतियोगिताका लागी गठित विभिन्न उपसमितिले आ आफना जिम्माका कामलाई तिव्रता दिएका छन् । प्रतियोगिताका लागी आर्थिक संकलनको कार्य तिव्र पारिनुका साथै विभिन्न व्यवसायिक घराना तथा संघ संस्थाले धार्मिक संस्कृति जर्गेनाका लागी सहयोग गरेको आथिर्क उपसमितिका संयोजक कुल व. खत्रीले बताए ।

प्रतियोगितामा सहभागिताको आव्हान सहित पोखराका विभिन्न वडाहरुमा पुगी घरदैलो अभियानलाई पनि तिव्र पारिएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए । प्रतियोगितामा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, पाल्पा लगायतका जिल्लावाट पनि भजन टोली सहभागी हुने वताईएको छ ।

हालसम्म विभिन्न जिल्लाका १२ टोलीले सहभागिताको लागी नाम दर्ता गरेको प्रतिष्ठानले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलिले नगद १ लाख, दितियले ७५ हजार, तृतियले ५० हजार, सान्त्वना हुने टोलीलाई २५ हजार र सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरिने सचिव दिपेन्द्र वाँनियाले जानकारी दिए ।

व्यवस्थित रुपमा सम्पन्न गर्न प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी वस्नेतको संयोजकत्वमा मुल आयोजक समिति, अध्यक्ष हरि वहादुर वरुवालको अध्यक्षतामा कार्य सम्पादन समिति र विभिन्न १० वटा उपसमिति गठन गरिएको छ । भगवान श्रीकृष्णको महिमा र लोप हुने अवस्थामा पुगेको भजन संस्कृतिलाई वचाई राख्ने उद्ेश्यले प्रतियोगितालाई निरन्तरता दिईएको संयोजक वस्नेतले बताए । प्र

तियोगिता सम्पन्न गर्न करिव १३ लाख २५ हजार रुपैयाँ खर्च लाग्ने वताईएको छ । सो रकमका लागी विभिन्न संघ संस्थासँग समन्वय गरिएको छ । वि.सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।