पोखरा । पोखराका ४ विद्यालय र काठमाडौ विश्वविद्यालयका विच सम्झौता भएको छ ।
कन्टिन्युइङ एन्ड प्रोफेशनल एजुकेसन प्रोग्राम अन्तर्गत काठमाडौ विश्वविद्यालयका तर्फबाट विश्वविद्यालयका स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल र पोखराका ४ विद्यालयका प्रधानाध्यापकहरुका विच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
सो अवसरमा पोखरा–८, न्युरोडको लक्ष्मी आवासिय माध्यमिक विद्यालय (एल.ए) का प्रधानाध्यापक डा. विश्व युधिर पौडेल, पोखरा–२६, बुढिबजारको जुनियर सिटिजन एकेडेमी (जेसिए)का प्रधानाध्यापक सुन्दर ढकाल, पोखरा–१७, बिरौटाको बालोदय बोर्डिङ स्कुलका प्रधानाध्याक टेकनाथ पौडेल र पोखरा–९, न्युरोडको बाल प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लिराम अर्यालले सम्युक्त रुपमा हस्ताक्षर गरेका थिए भने काठमाडौं विश्वविद्यालयको तर्फबाट प्रा.डा. लुइटेलले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार काठमाडौ विश्वबिद्यालयको सहकार्यमा यस क्षेत्रको शैक्षिक बिकासमा योगदान पु¥याउने छ भने सो योजनाको ४ विद्यालयका प्रतिनिधिहरुको एलायन्स फर एजुकेसनल एक्सिलेन्स गठन (एइसि) गरिएको पनि थियो ।
अबको शिक्षा ज्ञानमा मात्रै सिमित नभइ सीप सहितको शिक्षा आजको आवश्यकता रहेको कारण यो सम्झौता गरिएको एल.ए. का प्रधानाध्यापक डा बिश्व युधिर पौडेलले वताए ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक, विषयगत शिक्षकहरुको सहभागिता रहेकोे थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







