भदौ २८ पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना पोखरामा एक महिने ‘छ्यँला तथा त्हौंदु वाद्यवादन प्रशिक्षण’ कार्यक्रम शुरु भएको छ ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा बिहीबारबाट रानीपौवा स्थित तमु प्ये ल्हु संघमा शुभारम्भ गरिएको कार्यक्रमको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का ‘बिखर्ची’ले उद्घाटन गरे । उनले सबै जाति, समुदाय, भाषा, कला र संस्कृतिप्रति आफ्नो सद्भाव रहेको भन्दै गण्डकी क्षेत्र गुरुङ जातिको बाहुल्य क्षेत्र रहेको बताए । उनले गुरुङ समुदायको संस्कृतिको प्रवर्द्धन यसै क्षेत्रबाट हुनुपर्नेमा जोड दिँदै यसका लागि आफु सधै साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ, ले बोलेका थिए ।
विषेश गरि गुरुङ जातिको मृत्यु संस्कारमा नाचिने छ्याडु नृत्यमा बजाइने यस लोपोन्मुख बाजाको संरक्षण, संम्वर्द्वन र प्रवर्द्धनको साथमा पुस्ता हस्तातरण गर्न प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको संस्थाका प्रथम उपाध्यक्ष तथा प्रशिक्षण कार्यक्रमका संयोजक श्रीजङ तमुले जानकारी दिए ।
तीस जना प्रशिक्षार्थीहरु सहभागी रहेको तालिमान पच्यु चिवा भिमबहादुर गुरुङ, कुलप्रसाद गुरुङ र दानबहादुर गुरुङले सहजीकरण गर्नेछन् ।
संस्थाका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचीव कञ्चन गुरुङले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







