रजत जयन्तीको अवसरमा पोखरा आदर्शमा जिल्ला स्तरीय कविता प्रतियोगिता


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०८० मा प्रकाशित




भदौ ३० पोखरा । पोखरा आदर्श माध्यमिक विद्यालयको रजत जयन्तीको अवसरमा जिल्ला स्तरीय कविता प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा विद्यालय स्थापनाको २५ औ वर्ष विशेष अन्तर्गत आयोजना गरिएको प्रतियोगिताको नेपाल संस्कृत नाट्य प्रज्ञा प्रतिष्ठान नेपालका पूर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले उद्घाटन गरे ।
श्रेष्ठले बालबालिकाको नेपाली साहित्यप्रति अभिरुचि रहेकोमा खुसी व्यक्त गर्दै नेपाली कविता, गीत, नाटकजस्ता साहित्यिक विधामा राज्यले पनि यसको संरक्षण र सम्बर्द्धनमा लाग्नुपर्ने बताए ।

कुसे औंसीको सन्दर्भमा बाबुको गरिमा अनि महत्त्वसग सम्बन्धित रहेर विद्यार्थीहरुले कविता वाचन गरेका थिए । प्रतियोगितामा भास्कर मेमोरियल विद्यालयकी रोजी रानाभाट प्रथम भइन् । यस्तै फिस्टेल माध्यमिक विद्यालयकी सन्तोषी ढकाल द्वितीय , पोखरा आदर्श माध्यमिक विद्यालयकी संस्कृति सुवेदी तृतीय र गुप्तेश्वर महादेव वेद विद्याश्रमका यादव पौडेल र राष्ट्रिय मा.विका विश्व अधिकारीले सान्त्वना स्थान प्राप्त गरे । उनीहरुलाई क्रमश ८ हजार , ६ हजार ४ हजार र सान्त्वना पुरस्कार स्वरुप एक हजारसहित प्रामाणपत्रद्वारा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

प्रतियोगितामात्मक कार्यक्रममा कुल ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । निर्यायक संयोजक प्रा. डा. जगन्नाथ रेग्मी, अनुराग अधिकारी र जुना थापाको निर्णायक मण्डलले उनीहरुलाई विजेता घोषणा गरेको हो ।

यसैविच, सोही कार्यक्रममा रजत जयन्ती अन्र्तगत भदौ १४ र १५ गते भएको कक्षा ११ र १२ का बिज्ञान र ब्यवस्थापन संकायका विद्यार्थीहरुबीचको फुटसल खेलमा बिजेता भएका खेलाडीहरुलाई बिजेताहरुलाई प्रमाणपत्र वितरण गरिएको खेलकुद संयोजक राजकुमार सिंहले जानकारी दिए ।

कार्यक्रममा विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि एवम् अतिरिक्त कार्यकलापका गतिविधिहरुलाई डकुमेन्ट्रीबाट प्रदर्शन गरिनुका साथै कक्षा ८,९, र १० मा अध्ययनरत विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक फणिन्द्र प्रसाद अधिकारी, रङ्गकर्मी एवम् कलाकार श्री प्रकाश घिमिरे, माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपाने, कार्यक्रम संयोजक एवम् सह प्राचार्य ज्ञानेश्वर सुबेदी लगायतले बोलेका थिए ।

रजत जयन्तीकै अवसरमा विद्यालयले वर्ष भरिनै सामाजिक , सांस्कृतिक एवम् प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक अधिकारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।