साङ्केतिक तस्विर
भदौ २९ पोखरा । पोखरामा लागु औषधसहित एक भारतीय यूवक पक्राउ परेका छन् ।
भारतको केरला घर भएका अजिन भरगेसे (२४) लाई प्रहरीले लागुऔषध गाँजासहित पोखरा १८ सेदीबाट गत बुधबार दिउँसो ४ बजे प्रहरीले पक्राउ गरेको हो ।
लागू औषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कर्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले सेदीस्थित उनको डेराबाट ७२० ग्राम तयारी गाँजा, डिजिटल तराजु १ थान, प्लास्टिक फिल्म सिलर मेसिन १ थान, मोवाइल १ थानसहित पक्राउ गरको जनाइएको छ ।
पक्राउ परेका अजिनलाई शुक्रबार कास्की जिल्ला अदालतबाट लागू औषध मुद्दामा १० दिन म्याद थप भई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







