पोखरा । विश्व पर्यटन दिवस २०२३ को अवसरमा पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको गुप्तेश्वर महादेव गुफाले पहिलो विदेशी पर्यटकलाई खादा मालाले सम्मान गर्दै स्वागत गरेको छ ।
गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोलासहितको पदाधाकिरी तथा सदस्यहरुले सबैभन्दा पहिला आउने भारतिय पर्यटकहरुलाई फुलमालाले स्वागत गरेका थिए ।
डा. सुरत ठाकुर, प्रो. रगजोध सिंह र प्रताप सिंह अरनोटले गुफामा रहेको आगन्तुक पुस्तिकामा आफुहरुलाई सबैभन्दा पहिला पुगेको अवसरमा बिहानै स्वागत गर्नु भएको यादहरु कहिलै नविसर्ने विशेष धन्यवाद व्यक्त गरेका छन् ।
पोखरा र गण्डकी प्रदेशकै सबैभन्दा धेरै पर्यटक घुम्न मन पराउने पर्यटकीय स्थान गुप्तेश्वर महादेव गुफामा कोरोनाले पनि असर गरेकोमा अहिले धेरै राम्रो हुँदै गएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोलाले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







