पोखरामा विश्व मुटु दिवस मनाईने


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०८० मा प्रकाशित




पोखरा । विभिन्न तीन संघ संस्थाको सहकार्यमा भोली शुक्रबार विश्व मुटु दिवस पोखरामा मनाईने भएको छ । हरेक वर्ष सेप्टेम्बर २९ तारिकका दिन विश्वभर यो दिवस मनाइने गरिन्छ ।

नेपाली मिति अनुसार शुक्रबार अर्थात असोज १२ गते पोखरामा स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल प्रालि र टाईगर ग्रुप अफ पोखरा नेपालको सहकार्यमा संयुक्त रुपमा दिवस मनाईने भएको आयोजक संस्था स्वस्थ मुटु नेपालका सदस्य ईन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान सात बजे पोखरा ६ वैदाम स्थित क्याम्पिङ चोक ९हल्लन चोक० देखि फिस्टेल गेटसम्म प्रभातफेरी निकालिने भएको छ । प्रभातफेरिमा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ । प्रभातफेरी फिस्टेल गेटमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुनेछ ।

कार्यक्रममा स्वस्थ मुटु नेपालका अध्यक्ष समेत रहेका मनमोहन कार्डियो भास्कुलर सेन्टर, टिचिङ हस्पिटल ९त्रि।बि।० काठमाडौमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा सृर्य देवकोटा सगै अन्यले मुटुरोग, यस्बाट बच्ने उपाए सगै मुटु स्वच्छ बनाउन दैनिक जिवनका गर्न पर्ने विविध पक्षका बारेमा जानकारी गराउने छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।