अछाममा एक गर्भवतीको हिलोकोप्टरमार्फत उद्धार


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०८० मा प्रकाशित




अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।