असोज ११ पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि सिर्जना भएको विवाद पाँच दिनपछि समाधान भएको छ ।
बिहीबार चिकित्सक र मृतक पक्षका विचमा ६ बुँदे सहमती गर्दै दुबै पक्ष ५ दिन लामो आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निष्कर्षमा पुगेका हुन् ।
बिहिबार साँझ भएको सहमती अनुसार मृतक दुराको स्मृतिमा मणिपाल अस्पतालले लमजुङको सुन्दर बजारमा १० वर्षसम्म प्रत्येक वर्ष बिशिष्टिकृत चिकित्सकबाट नि–शुल्क स्वास्थ्य शिविर संचालन गर्ने, सिफारिसका आधारमा अल्पसंख्याक दुरा जातीका गरिब तथा विपन्न परिवारका बिरामीको उपचार निशुल्क गराउने, मृतक सुक माया दुराको मृत्यूको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रकृया खुल्ला राख्दै आजैका मितिबाट दुबै पक्षबाट सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमती भएको छ ।
यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत कसूर मुद्दामा पक्राउ परेका मृतका आफन्त बिनय गुरुङ विरुद्ध दर्ता भएको मुद्दालाई कानूनी रित पुयाई यथासिघ्र सहजिकरण गर्ने सहमती भएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ६ की ५७ वर्षिया सुकमाया दुराको चिकित्सकको लापर्वाहीले मृत्यू भएको आरोप लगाउँदै मृत्यूको कारण अस्पताल प्रशासनले खुलाउनु पर्ने माग राखी आन्दोलन गर्दा दुई पक्ष (मृतक र चिकित्सक) बीचको विवाद हात हालाहाल तथा हुलदंगा भई अस्पतालको भौतिक संरचना तोडफोड समेत भई अशान्तको वातावरण सृजना भएको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







