कास्कीकोटमा  प्रथम सेभेन ए साइड कश्यप कालिका कप हुने


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं  २४ कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप २०८० हुने भएको छ । कश्यप कालिका युवा क्लबको आयोजनामा आगामी कार्तिक १ र २ गते हुने उक्त प्रतियोगीतामा पोखरा महानगरपालिका वडा नं. २४, १८ र २३ का खेलाडीहरुमात्र सहभागी हुन पाउने क्लबले जनाएको छ ।

संस्थाका अध्यक्ष तिर्थ अधिकारीले सेभेन  ए साइड फुटबल र खुल्ला दौड प्रतियोगीताबाहेक मुख्य आकर्षणको रुपमा प्रथम कश्यप कालिका भेन्ट्रान्स कप रहेको जानकारी दिए ।

फुटबल तर्फका विजेताले ५५ हजार ५ सय ५५ को साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक अंकीत कार्कीले  बताए ।

प्रतियोगीतामा दित्तीय हुनेले ३३ हजार ३ सय ३३   रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक कार्कीले बताए । फुटबलतर्फ असोज ३० गते साँझ ५ बजेसम्म  टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ता शुल्क ६ हजार लाग्ने आयोजकले जनाएको छ ।

दौडतर्फ प्रथम हुने खेलाडीले नगद  ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने कश्यप कालिका युवा क्लवका सचिव धन बहादुर अधिकारीले जानकारी दिए । दौडतर्फ दित्तीय र तृतीय हुने खेलाडीले क्रमशः  मेडल र प्रमाण पत्रको साथमा २ हजार र एक हजार प्राप्त गर्ने छन् । दौडमा भाग लिन भने खेलाडीले कुनैपनि शुल्क तिर्नु नपर्ने सचिव अधिकारीले जानकारी दिए । 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।