सदनमा दर्ता विधेयकका सम्बन्धमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८० मा प्रकाशित




प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गोमा पुर्‍याउने तथा सदनमा दर्ता भएका विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक, विद्यालय शिक्षा विधेयक, २०८० लगायत महत्वपूर्ण विधेयक सदनमा दर्ता भएका छन् । सरकारले संविधान कार्यान्वनसँग सम्बन्धित विधेयकलाई सदनबाट निष्कर्षमा पुर्‍याउने गरी काम गरिरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।