शुभकामना महिला बिकास केन्द्र १९ औ बर्षमा


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८० मा प्रकाशित




महिलाहरुको क्षमता नेतृत्व सहित सामाजिक कार्य लागी स्थापीत शुभकामना महिला बिकास केन्द्र को १९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो साधारण सभाको शुभारम्भ गदै केन्द्र का पुर्व अध्यक्ष एवं जाल्पा देबी महिला उद्धार समुहमा अध्यक्ष राधिका थापा ले महिलाहरुको सामाजिक सकृयाताले समाजमा महत्वपुण भुमिका रहेको बताइन । केन्द्रले समाजमा पछि परेका महिलाहरुलाई नेतुत्वमा पुरायाएकाले अब को समय नेतृत्व र क्षमता विकासमा लाग्नु पर्ने बताईन ।

कार्यक्रममा सिर्दाथ क्लवका अध्यक्ष इन्दिरा मसार्नी , संस्थापक अध्यक्ष तिर्थ श्रेष्ठ, सल्लाहकार कृष्ण थापा , गणेश छवि लगायतले केन्द्र को भुमिका सकारात्मक रहेकाले शिक्षा विकास मा लाग्नु पर्ने बताए । केन्द्रका अध्यक्ष ज्ञानु श्रेष्ठ को सभापतित्वमा भएको कार्यक्रममा पुर्व अध्यक्ष भवनी माकाजु , उपाध्यक्ष लक्ष्मी गुरुङ्ग ,सचिव साबित्री श्रेष्ठ, कोषाध्यक्ष पुष्पा श्रेष्ठ लगायतले संस्थाको विविध बिषयमा आ आफ्नो भनाई राखेका थिए ।

कार्यक्रम केन्द्रका विविध विषयमा उत्तीण भएका विधार्थी तथा सहयोग हरु लाई सम्मान गरीएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।