फाइल तस्विर
असोज २४ पोखरा । क्षत्री समाज नेपालले विविध कार्यक्रम गर्दै क्षत्री दिवस मनाउने भएको छ । समाजले यही असोज २८ गते घटस्थापनाका दिन विभिन्न कार्यक्रमसहित दिवस मनाउने भएको हो ।
समाजले यस बर्ष जातीय सदभाव कायम गरौ भने नारालाई देशब्यापी रुपमा पु¥याउन क्षत्री दिवस कार्यक्रमहरु केन्द्रित हुने समाजका केन्द्रीय अध्यक्ष प्रा.डा दिल बहादुर क्षत्रीले बताए ।
देश पहिचानका लागी नेतृत्वदायी भुमिका खेलेको क्षत्री जातीको इतिहास रहेको बताए । जनसंख्यामा सबै भन्दा धेरै भएको क्षत्री जातीले राष्ट्र, राष्ट्रियाता प्रति समाजको भुमिका सधै सकृय सकारात्मक बनाउँदै आएको केन्द्रीय अध्यक्ष क्षत्रीले बताए ।
समाजमा जातिय बिरुद्ध हुने सम्पुर्ण गतिविधिका बिरुद्ध राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागी समाज सकृय रहने केन्द्रीय उपाध्यक्ष एंव प्रचार बिभाग प्रमुख कृष्णबहादुर थापाले बताए ।
केन्द्रीय समितिको आह्वनमा देशैभर विविध कार्यक्रमहरुका साथ गरिने क्षत्री दिवस विशेष कार्यक्रम ,क्षत्री समाज नेपाल कास्कीको आयोजनामा असोज २८ गते बिहान समाज बाट क्षत्री भेषभुषा, पोशाक ,बाजागाजा, सरुन खेलको प्रदशन, झाँकी, भजन,चुटका सहित पोखराको मुख्य बजार परिक्रमा सहित प्रदशनी केन्द्रमा दुर्गा सभा हुने उक्त सभामा सम्मान सहित छात्रवृत्ती बितरण गरीने जिल्ला अध्यक्ष पदम बहादुर कार्कीले बताए ।
सो कार्यक्रमलाई सफल पार्न आम क्षत्री जातीलाई सहभागिता गराउन अध्यक्ष कार्कीले अहवान गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







