असोज २४ पोखरा । ‘इन्टरनेशनल गल्र्स चाइल्ड डे’ का अवसरमा जोण्टा क्लव अफ पोखराले मेण्टल हेल्थ सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको अम्मरसिंह माविमा कक्षा ९ मा अध्यायनरत विद्यार्थीमाझ उनीहरुले यो कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बोल्दै आयोजक क्लवका अध्यक्ष मोनिका थापाले नेपालमा पनि किशोरावस्थाका बालबालिकाहरुका लागि मनोसामाजिक सुरक्षा कार्यक्रम अत्यन्तै महत्वपूर्ण भएको बताइन् ।
कार्यक्रममा बोल्दै कोपिला नेपालका बिना सिलवालले नेपालमा १३ देखि १९ वर्ष सम्मका किशोर किशोरीहरुमा मनोसामाजिक शिक्षाको खाँचो रहेको औंल्याइन् । यो उमेरमा नकारात्मक सोंचको विकास भएमा त्यसले दीर्घकालसम्म असर गर्ने भएकाले उनीहरुलाई मनोसामाजिक सुरक्षाका बारेमा अवगत गराउनुपर्नेमा उनले जोड दिइन् । नेपालमा ४ प्रतिशत किशोरकिशोरीहरुमा आत्माहत्याको विचार आउने गरेको उनले जनाइन् । यस्तो साेंच आउन नदिन दैनिक जिवनीमा ध्यान दिनुपर्ने उनको भनाई छ ।
अम्मरसिंह माविका प्राचार्य तेजश्वी बरालले जोण्टा क्लवले आफ्नो विद्यालयमा यस्तो कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गरे । कार्यक्रममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न विद्यार्थीलाई आग्रह गरे । जोण्टा युएन कमिटि प्रमुख सावी श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रम महासचिव नेलिसा ठकुरीले सञ्चालन गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







