पोखरा । सिंगापुर बुटिक क्याफे एण्ड बरिस्ता स्कूल नदीपुरद्वारा आयोजित बरिष्टा ट्रेनिड.सम्पन्न भएको छ । गत भदौ १७ गतेदेखि शुरु भई शुक्रवार समापन भएको पहिलो ब्याचको १ महिने तालिममा १५ जनाको सहभागिता रहेको संचालक तथा प्रमुख प्रशिक्षक पन्जा गुरुड.ले बताए ।
१ महिने तालिममा २ हप्ता सैद्दान्तिक ज्ञान र २ हप्ता ब्यबहारिक शिक्षा (इन्टर्न) प्रदान गरिएको प्रशिक्षक सन्तोष बांस्तोलाले जानकारी दिए । शुक्रबार आयोजित दिक्षान्त समारोहमा बरिस्टा स्कूलका संचालक तथा प्रबन्ध निर्देशक पन्जा गुरुड.ले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।
तालिममा बरिस्टाका साथ साथै पूरक पाठ्यक्रमको रुपमा आधारभूत बारटेन्डर, बेसिक बेकरी र बबल चियाको तालिम समेत प्रदान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







