पोखरा १७ नमुना टोलको नमुना काम


     एभरेस्ट आवाज    
     असाेज २९ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा १७ बिरौटा स्थित सिदार्थ राजमार्ग स्थित नमुना टोल बिकास सस्थाले सडकमा बत्ती बालेर नमुना काम गरेको छ ।

टोल बिकास संस्थाको पहलमा सिद्धार्थ राजमार्गका सडक किनार र भित्री टोलमा बत्ति जडान गरेपछि साँझ राती सर्वसाधारण टोलवासी ढुक्कसँग हिड्न पाएका छन् ।

युवा ब्यबसायी सुर्य बराललगाएत टोलबासीको प्रेरणाले टोल उज्यालो बनाउन सम्भब भएको टोल बिकास संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीबहादुर रानाभाटले बताए ।

टोल बिकास संस्थाका अध्यक्ष झम्कनाथ पौडेलले टोलबासिको आर्थिक सहयोगमा उज्यालो र हराभरा टोल वनाउन सकिएको बताए । करिब २ किमि क्षेत्रफलको टोलमा २ लाख खर्च भएको उनले वताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।