रामबजार टि ग्रुप पोखराद्वारा दशैंको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०८० मा प्रकाशित




पोखरा । रामबजार टि ग्रुप पोखराले बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
नेपालीहरुको महान पर्व बिजया दशमी तथा दिपावलीको अवसर पारेर रामबजार क्षेत्रका ज्येष्ठ नागरिक तथा समाजसेवी ब्यक्तित्वको उपश्थितिमा कार्यक्रम आयोजना गरेको हो ।
सो अवसरमा चियापान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
प्रमुख अतिथि ९१ बर्षिय ज्येष्ठ सदस्य मनबीर गुरुड.”ढासाले” दशैंको शुभकामना दिदै नेपाली संस्कृतिको धनि भएको र यसको मौलिक पक्षलाई जोगाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, गोर्खा मेमोरियल ट्रस्टका महासचिब डा चन्द्रूहादुर गुरुड., नेपाली भारतीय भू. पू. कल्याणकारी महिला समितिका अध्यक्ष डिलमाया गुरुड. लगायतले दशैं शुभकामना दिएका थिए ।
कार्यक्रममा फेवा बचत तथा ऋण सहकारी लि.को अध्यक्षमा निर्बाचित समरबहादुर श्रेष्ठ र उहांकी धर्म पत्नी हिरादेवी श्रेष्ठलाई सम्मान गरिएको थियो ।
रामबजार टि ग्रुप बिगत २ दशकदेखि बिहान चिया खानेहरुको ग्रुप भएको र यसले ग्रुपका सदस्यहरुको सुख दुखमा सहयोग तथा सामाजिक सहकार्य गर्दै आएको अग्रज सामाजिक अभियन्ता शिक्षासेवि महेश गुरुड.ले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।