धादिङलाई केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्यूडको भूकम्प


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०८० मा प्रकाशित




पोखरा । धादिङलाई केन्द्रविन्दु बनाएर आइतबार बिहानै भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस गरिएको छ ।

बडादशैंको फेस्टिभ मुडमा व्यस्त रहेका सर्वसाधरणहरुले भूकम्पको धक्काले तर्साएको प्रतिक्रियाहरु दिइरहेका छन् ।
भूकम्पबाट क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।