पोखरा । पोखरामा रगत अभाव देखिएका कारण लायन्स क्लब अफ पोखरा लेकसिटीले आकस्मिक रक्तदान गरेको छ ।
पोखरामा दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएकोले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ पोखरा लेकसिटीका अध्यक्ष सोवितमान वुद्धाचार्यले बताए ।
मंगलबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक इच्छामान वुद्धचार्यले बताए ।
कार्यक्रमका प्रमुख अतिथि दिपक श्रेष्ठले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फुर्त सहभागिता प्रति आभार व्यक्त गरेका थिए । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने कार्यप्रति आफु पनि सहभागि हुन पाउदाँ खुसी ब्यक्त गरे ।पोखरामा रगतको अभाव हुन नदिन रक्तदानको कार्यक्रम आयोजना गर्न संघ, संस्थाहरुलाई उनले आग्रह समेत गरे ।
‘रक्तदान महादान’ भन्ने मन्त्रलाई आत्मसाथ गर्दै लायन्स क्लब अफ पोखरा लेकसिटी र रक्त सञ्चार केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







