पोखरा । ‘संसारलाई बदल्नु छ, सुरु आफैंबाट गर्नु छ’ भन्ने मूलनारा आत्मसात गर्दै विकासानन्द फाउन्डेसन विश्व परिवार कास्कीले योग साधना कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम कात्तिक १८ गते पोखरा १२ शीतलादेवीस्थित एस आर केसी बैंक्युटमा हुनेछ । कार्यक्रम बिहान ७ बजेदेखि सांझ ६ बजेसम्म जारी रहने बताइएको छ ।
कार्यक्रममा डा। योगी विकासानन्दद्वारा ज्ञानयोग, योग, ध्यान, साधनााका साथै शक्तिपात एवं आध्यात्मिक प्रवचन हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फाउन्डेसनका कास्की अध्यक्ष धना पुनले बढ्दो तनाव, दुर्व्यसन तथा असफलताबाट मुक्तिका लागि साधना कार्यक्रम महत्वपूर्ण भएकोले धेरैभन्दा धेरै सहभागी हुने विश्वास व्यक्त गरिन् । साथै उनले बिकासानन्द गुरुको आत्मजागरण प्रवचनले आत्मशक्ति बढ्ने पनि उल्लेख गरिन् ।
फाउन्डेसनका सल्लाहकार रामचन्द्र पौडेलले १ हजार २ सय जनासम्मलाई सहभागी गराउन सकिने गरी कार्यक्रमको तयारी भएको बताए । कार्यक्रममा १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रायोजन, सहयोग र सहभागिता शुल्कबाट खर्च व्यवस्थापन गर्ने फाउन्डेसनले जनाएको छ । पत्रकार सम्मेलनको सञ्चालन फाउन्डेसन सचिव कमला पौडेलले गरेकी थिइन् ।
४२ बर्षदेखि काठमाण्डौमा मनोक्रान्ति अभियान चलाई रहेका डा योगी बिकासानन्द बिगत बर्षदेखि पोखरा २३ बराङलाई मुख्य केन्द्र बनाई क्रियाशिल छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







