“पुतली बाजे” को आज दाह संस्कार गरिने, १० बजे पि.एन. क्याम्पसबाट शव यात्रा शुरु हुने


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०८० मा प्रकाशित




पोखरा । “पुतली बाजे” भनेर चर्चित कलिन स्मिथको (पुतली बाजे) आज सोमवार अन्तिन संस्कार गरिने भएको छ । अन्तिम बिदाईका लागि उहाँको पार्थिब शरिरलाई सोमवार कार्तिक २० गते बिहान १० बजे पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको बटरफ्लाई म्युजियम को प्राङ्गणमा राखिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । प्रमुख आचार्यका अनुसार स्व स्मिथको क्रिश्चियन परम्परा अनुसार अन्तिम सँस्कार हुनेछ ।

पुतली बाजे’ कोलिन स्मिथको ८७ वर्षको उमेरमा शनिबार पोखरामा निधन भएको हो । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिनु भएका उहांको ८७ वर्षको उमेरमा पोखरामा हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्मिथ साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका थिए ।

स्मिथ वि.सं. २०२२ मा बेलायतबाट नेपालमा आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर गोरखाको अमरज्योतिमा पुगेका थिए । पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई उनका विद्यार्थी हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।