माओवादी केन्द्र गण्डकीका सांसदले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०८० मा प्रकाशित




कार्तिक २१ पेखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभा सदस्यहरुले भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि एक हप्ता बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक कुसुम वुढा पुनले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै भूकम्पपीडितका लागि संसदीय दलकोतर्फबाट प्रतिनिधित्व गर्ने प्रत्येक सदस्यहरुको एक हप्ता बराबरको पारिश्रमिक सहयोगस्वरुप भूकम्प पिडित राहत कोषमा जम्मा गरी भूकम्प पिडितलाई पठाउने निर्णय भएको जानकारी दिएकी छन् ।

प्रमुख सचेतक पुनद्वारा हस्ताक्षरित विज्ञप्तीमा भूकम्पमा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिनुका साथै भूकम्पबाट मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौं भनिएको छ ।

गण्डकी प्रदेश सभामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका एक जनासहित ८ जना छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।