कास्कीमा देउसी भैलो राती ९ बजेसम्ममात्रै खेल्न पाइने


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०८० मा प्रकाशित




वेभ तस्विर

कार्तिक २४ पोखरा । कास्की प्रशासनले देउसी भैलो कार्यक्रमलाई मर्यादित तरिकाले राती ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर तिहारको अवसरमा सञ्चालन हुने देउसी भैलोलाई मर्यादित, अनुशासित बनाउन आग्रह गर्र्दै यस्तो निर्णय गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

सूचनमा, ‘कास्कीभर सञ्चालन गरिने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागमनमा अवरोध नहुने गरि रातीको ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध छ ।’ भनिएको छ ।

साथै प्रहरीले शुभ दिपावली, तिहार एवं छठ पर्वमा विभिन्न किसिमका पटका, आतसवाजी, लगायत विष्फोटक पदार्थजन्य सामाग्रीको ओसारपसार, वेचविखन तथा नगर्न नगराउनुहुन अनुरोध गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।